काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १९ गते विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा होटलकै सभाकक्षमा बिहान १० बजे आयोजना हुनेछ ।
उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनुका साथै हकप्रद सेयर जारी गर्ने, यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको नाममा खरिद गरेको जग्गाको जानकारी र सोको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित गत चैत ९ गते १२ औं वार्षिक साधारण सभा डाकेको थियो ।