मंगलवार, असार ९,२०८३ 04:19:46
Bizshala
  • मंगलवार, असार ९,२०८३ 04:19:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाँचथर पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, प्राप्त रकम कुन कार्यका लागि हुनेछ उपयोग ?

Laxmi Sunrise Bank Limited
पाँचथर पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, प्राप्त रकम कुन कार्यका लागि हुनेछ उपयोग ?

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  

बैठकले शतप्रतिशत(१ः१ अनुपात) अर्थात ९६ करोड २५ लाख रुपैयाँको रु.१०० अंकित दरका ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै बैेठकले हकप्रद निष्कासनको प्रस्ताव आगामी विशेष साधारण सभा र वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय समेत गरेको छ । कम्पनीले क्षतिग्रस्त आयोजना पुनःनिर्माणका लागि हकप्रद जारी गर्ने जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीद्वारा प्रवर्द्धित पाँचथर जिल्लाको हेवा खोलामा निर्माण सम्पन्न भएको हेवा खोला ‘ए’ जलविद्युत आयोजना १४.९ मे।वा। क्षमता परियोजनाको लागि सानिमा बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी अन्य धनि वैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा सुविधा सम्झौता सम्पन्न भई कर्जा लिई आयोजना निर्माण सम्पन्न भएको र नियमित रुपमा साँवा तथा ब्याज भुक्तानि समेत भइरहेको छ । 

२०८० असार २ गते राति करिब १ बजेवाट अविरल बर्षाका कारण हेवा खोलामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको र सोको मर्मत संभार गरि गत असोज १५ गतेबाट आयोजना सूचारु गर्ने उद्धेश्यले कार्य हुँदै गईरहेकोमा पूनः असोज १० गते गते आएको बाढीले आयोजनामा क्षति पुग्न पुगेको थियो । 

आयोजनालाई पुनः संचालनमा ल्याउन संरचनाहरुको पुनः निर्माण तथा मर्मतको लागी सहवित्तीयकरणमा सहभागी बैकहरुसँग थप कर्जा लिई आयोजना पुन निर्माणको कार्य भइरहेको र हाल बैंकको कर्जा भुक्तानी गर्ने उद्धेश्यले हकप्रद जारी गर्न लागिएको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.