शनिबार, जेष्ठ २,२०८३ 10:17:08
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:17:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शिव शंकर हाईड्रोले २५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Laxmi Sunrise Bank Limited
शिव शंकर हाईड्रोले २५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
Shivam Cement

काठमाण्डौ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।  

यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।

Bizshala
New Office
CG Motors

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलविद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट),बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लेखित कम्पनीहरुमध्ये पहिलो तीन कम्पनीहरु सञ्चालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी रु.१ अर्ब ५ करोड पुग्नेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.