शनिबार, असार ७,२०८२ 12:36:54
  • शनिबार, असार ७,२०८२ 12:36:54
Global IME Bank Limited

अघि बढ्यो एसएमई प्लेटफर्म सञ्चालनको प्रक्रिया,धितोपत्र बोर्डलाई नियमावली बनाउन स्वीकृति

Hyundai Nepal
अघि बढ्यो एसएमई प्लेटफर्म सञ्चालनको प्रक्रिया,धितोपत्र बोर्डलाई नियमावली बनाउन स्वीकृति
Nabil Bank Limited

काठमाण्डौ । साना तथा मझौला संगठित संस्था(एसएमई)को धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ अन्ततः बन्ने भएको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नियमावली बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको हो ।  

एसएमईको नियमावलीको मस्यौदा स्वीकृतिका लागि धितोपत्र बोर्डले डेढ वर्षअघि अर्थ मन्त्रालयमा पेस गरेको थियो । तर नयाँ अध्यक्ष आएपछि अध्यक्ष नै अलमलमा पर्दा र नेप्से तथा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय नहुँदा प्रस्तावित एसएमई प्लेटफर्म अघि बढ्न सकेको थिएन ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेयर बजारमा थोरै कित्ता भएका कम्पनीका सेयरमूल्यमा हुने चलखेल रोक्न नेपाल धितोपत्र बोर्डले विशेष प्लेटफर्मका रुपमा एसएमई इन्डेक्सको अवधारणा ल्याएको हो ।   

अहिले सेयर बजारमा साना–ठूला सबै कम्पनीको कारोबार एउटै प्लेटफर्ममा भइरहेका छन् । तर अब एसएमई इन्डेक्समार्फत साना तथा मझौता कम्पनीको कारोबार हुनेछ ।   

एसएमई प्लेटफर्ममार्फ साना तथा मझौला उद्योगले सरल र सहज तरिकाले आफूलाई आवश्यक पूँजी जुटाउन सक्नेछन् । यसबाट साना तथा मझौला उद्योगको विस्तार र विकासमा सहयोग  पुग्नेछ । यस्ता कम्पनीले प्रिमयिम मूल्यमा समेत आईपीओ जारी गर्न सक्नेछन् ।  

मस्यौदाअनुसार एसएमई प्लेटफर्ममा अधिकतम २५ करोड रुपैयाँ चुक्तापूँजी भएका कम्पनी दर्ता हुन सक्नेछन् ।  यस्तै एसएमई कम्पनीले जारीपूँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्नेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.