शुक्रबार, बैशाख १२,२०८२ 09:28:05
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 09:28:05
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौं । दिनभर बढेर कारोबार भएको सेयर बजार आज अन्त्यमा करिब ५० अंकको वृद्धिका साथ बन्द भएको छ । यो सँगै आज  नेप्सेका चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बजारलाई ट्रेन्ड लाइनमार्फत नियाल्दा आज अपर लाइन ब्रेक गरेर माथि लागेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले आज मध्य ब्याण्डलाई पनि ब्रेक गरेर माथि लागेको छ । म्याक्डीबाट नियाल्दा बजारले करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । तर भईसकेको अवस्था भने होइन । हिस्टाग्राम नेगेटिभ रहेता पनि छोटा–छोटा हुँदै गरेको अवस्था रहेको छ ।  

Muktinath Bikas Bank Limited

डेली बेसमा आरएसआईले ओभर सोल्ड जोनमा पुगेर ‘डब्लु’ आकार बनाएको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा पनि बजार करिब ओभर सोल्ड जोनबाट फर्केर ४१ को तहमा पुगेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा आजबाट बजारले करेक्सन सकेर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । पिभट् मार्फत नियाल्दा बजारले नजिकको प्रतिरोध २६३६ विन्दुलाई ब्रेक गरेको देखिन्छ । त्यसैगरि क्रमशः  २६८६ , २७३२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  घटेमा भने बजारले २५६०,२५४० र २५०० विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.