आईतवार, श्रावण १०,२०८३ 05:27:10
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:27:10
Bizshala
Global IME Bank Limited

अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले लिए सपथ

अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले लिए सपथ
New Office

काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ लिएका छन् । यो समारोह सामान्यतया अमेरिकाको राजधानी बाहिर आयोजना गरिन्छ, तर यस पटक कडा चिसोका कारण यो राजधानिी मै आयोजना गरिएको थियो।

ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो। यस्तै जेडी भान्सले अमेरिकाको उपराष्ट्रपतिको सपथ लिएका छन् । ट्रम्पलाई विश्वभरका राष्ट्राध्यक्षले बधाई दिएका छन् । सपथ लिएपछि ट्रम्पले करिब २०० कार्यकारी आदेशमा हस्ताक्षर गर्न सक्नेछन् । तीमध्ये कतिपय निर्णय कानून जस्तै कार्यान्वयन हुनेछन् भने केही घोषणा हुनेछन् ।

कार्यकारी आदेश राष्ट्रपतिको आदेश हो जसलाई कार्यान्वयन गर्न कांग्रेसको स्वीकृति आवश्यक पर्दैन। यी आदेशहरू कानून अन्तर्गत नीतिहरू लागू गर्ने तरिका हुन् । तर तिनीहरूलाई अदालतमा चुनौती दिन सकिन्छ।

आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले २२० कार्यकारी आदेशहरू जारी गरेका थिए । जसमध्ये धेरै अदालतहरूमा विवादको हिस्सा बने। तुलनात्मक रूपमा, जो बाइडेनले १६० आदेश जारी गरेका थिए र ओबामा र बुशले २७७ र २९१ आदेश जारी गरेका थिए।

ट्रम्पले आफ्नो उद्घाटन भाषणमा मध्यपूर्वसँग सम्बन्धित मुद्दाहरूको बारेमा पनि कुरा गरे। उनले मध्यपूर्वमा शान्ति स्थापना गर्ने र एकताको भूमिका खेल्ने बताए ।

ट्रम्पले गाजामा हमासद्वारा बन्धक बनाएका तीन इजरायली बन्धकहरूको पनि उल्लेख गरे। ट्रम्पले भने, ‘अमेरिका पृथ्वीमा सबैभन्दा ठूलो, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रको रूपमा आफ्नो सही स्थानमा फर्किनेछ। अमेरिकाले सारा विश्वलाई मात्रै नभई विश्वले पनि प्रशंसा गर्नेछ ।’

उनले छिट्टै गल्फ अफ मेक्सिकोको नाम बदलेर गल्फ अफ अमेरिका राख्ने बताए ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.