मंगलवार, पुष १,२०८२ 08:12:28
Bizshala
  • मंगलवार, पुष १,२०८२ 08:12:28
Bizshala
Global IME Bank Limited
Bizshala

सुशान्त केसीको कन्सर्ट करिब साढे दुई वर्षपछि नेपालमा, टिकट खल्तीबाट उपलब्ध

Hyundai Nepal
सुशान्त केसीको कन्सर्ट करिब साढे दुई वर्षपछि नेपालमा, टिकट खल्तीबाट उपलब्ध
Shivam Cement

काठमाण्डौ । नेपालको अग्रेणी डिजिटल वालेट ‘खल्ती’ ले ‘सुशांत केसी लाइभ ईन नेपाल’ कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकट बुकिङ खुल्ला गरेको छ। टिआरएन इभेनट्स नेपाल र एस केसीसँग सहकार्य गर्दै आयोजित यस कन्सर्टमा सबै वर्गको स्रोताहरू माझ लोकप्रिय बनेका सुशांत केसीले करिब साढे दुई वर्ष पछि लाइभ म्युजिकल प्रस्तुती दिँदैछन् भने यस कन्सर्टको टिकटिङको एक मात्र साझेदार को रूपमा खल्तीले जिम्मा लिएको छ ।

फागुन २४ मा सल्लाघारी ग्राउन्ड, भक्तपुरमा हुन गइरहेको यस भव्य कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले सजिलै खल्ती एप तथा events.khalti.com मार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन्।

CG Motors
Garima Development Bank
Bizshala

बार्दली, सारङ्गी, गुलाबी, पर्खन, साथी, आमा जस्ता चर्चित गीतहरूले सुशांत केसी परिचित छन् भने उनका गीतका शब्दहरू धेरै दर्शकका मुखमा कण्ठस्थ छन् । सुशांत केसीले कन्सर्टका लागि आफ्नो उत्साह व्यक्त गर्दै भने ‘काठमाण्डौमा प्रस्तुति दिनु सधैँ विशेष अनुभव हो। दर्शकहरूको समर्थन, माया मेरो प्रेरणा हो र मार्च ०८ मा सबैलाई संगीतको यात्रामा सहभागी गराउन उत्साहित छु ।’

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘अरिजित सिंह, आतिफ असलम, प्रतिक कुहाड, सज्जन राज वैद्य र अनेकौँ लाइभ शो मा टिकटिङ पार्टनरको रूपमा उल्लेखनीय सफलता अनि जुबिन नौटियालको आउँदो कन्सर्टको घोषणा पश्चात् हामी फेरी पनि ‘सुशांत केसी लाइभ ईन नेपाल’ को एक मात्र टिकटिङ प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ । खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उदेश्यलई यस्तो किसिमको सहकार्यहरूले थप साथ दिने कुरामा हामी आशावादी छौँ। यसै उद्देश्यलाई निरन्तरता दिँदै हामीले प्रयोगकर्ताहरूलाई सहज र विना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ  र यस म्युजिकल प्रस्तुतीमा रमाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.