काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिटिमेडले गत आवका लागि घोषणा गरिएको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनी पुस २८ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लागि पारित २ प्रतिशतका नगद लाभांश (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) सेयरधनीहरुका बैंक खातामा जम्मा गरिएको कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।
उक्त नगद लाभांश हितग्राही खाता (डिम्याट) मा बैंक खाता नं. अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ ७ गतेदेखि जम्मा गरिएको हो । हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न आग्रह गरिएको छ ।
साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र कम्पनी सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                