शुक्रबार, असार ६,२०८२ 03:34:34
  • शुक्रबार, असार ६,२०८२ 03:34:34
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै २.०६ गुणा बढी आवेदन

Hyundai Nepal
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै २.०६ गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा २.०६ गुणा बढी आवेदन परेको हो । 

आज साझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा १४ हजार ७०१ जना आवेदकले ३ लाख ७१ हजार ६३० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ३ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । 

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.