बिहीबार, बैशाख ३१,२०८३ 05:45:03
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:45:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै २.०६ गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै २.०६ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा २.०६ गुणा बढी आवेदन परेको हो । 

आज साझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा १४ हजार ७०१ जना आवेदकले ३ लाख ७१ हजार ६३० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ३ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो । 

Bizshala
New Office
CG Motors

कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । 

Garima Development Bank
Shivam Cement
IME remit

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.