शुक्रबार, माघ ९,२०८२ 06:01:03
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 06:01:03
Bizshala
Global IME Bank Limited
Bizshala

साना तथा मझौला उद्योग प्रर्वद्धन समझदारीपत्रमा हस्ताक्षर

साना तथा मझौला उद्योग प्रर्वद्धन समझदारीपत्रमा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गरेका थिए ।    

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको र नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २२% योगदान गरेर १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्योगको प्रवद्र्धन अपेक्षित रूपमा हुन नसकिरहेको अवस्थामा महासंघ कोशीले यस अघिनैं व्यवसायिक विकास सेवा सुरुवात गरेको उल्लेख गर्दै यो समझदारीपत्रले महासंघ कोशीले यस प्रदेशमा सञ्चालन गरिरहेको व्यवसायिक विकास सेवाको प्रवद्र्धन क्षमता विकास संजाल विस्तार समन्वय तथा साना तथा मझौला उद्योगको दिगो विकास, विस्तार र व्यवसायिक अनुकूल वातावरण निर्माणको लागि योगदान पुग्ने बताए ।

Bizshala
Garima Development Bank
New Office

उदय परियोजनाका टिम लिडर अरुण राणाले यो समझदारी पत्रले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरि व्यवसाय विकास परामर्शदाता परिचालन गर्ने साझेदारीको रुपरेखा प्रस्तुत गर्ने बताए ।  

कोशी प्रदेशका साना तथा मझौला उद्योग प्रवद्र्धनमा महासंघ कोशीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । समझदारीपत्रमा उल्लेख उद्योग व्यवसायको पूँजीको पहुँच,लगानी तथा नवप्रर्वतक प्रर्वद्धन लगायतका कार्यक्रम महासंघ कोशी प्रदेशले कोशी प्रदेशमा रहेका सबै जिल्ला/नगर उद्योग वाणिज्य संघ,वस्तुगत संघ तथा व्यवसायिक संघ÷संस्थाको सहकार्यमा अघि बढाउने अध्यक्ष राजेन्द्र राउतले बताए ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यो कार्यक्रम डाई उदय परियोजना, स्विस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्त रुपमा वित्तपोषण गरी कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्रालय एंव डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.