शुक्रबार, श्रावण १,२०८३ 12:51:20
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:51:20
Bizshala
Global IME Bank Limited

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित
New Office

काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको छ ।  यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

सम्झौतापत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीद्वारा हस्ताक्षर गरिएको छ ।

यस सम्झौताअनुसार, चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा रु.८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु.८ लाख एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नुपरेको अवस्थामा रु.८० हजार रकम भुक्तानी गर्नेछ, भने नाबालिक यात्रुहरुको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ ।

इनड्राइभ नेपाल कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्,‘इनड्राइभमा, हाम्रा प्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो । यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्नेछ । हामी हाम्रा प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं । यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।’

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.