बिहीबार, श्रावण ७,२०८३ 04:28:51
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 04:28:51
Bizshala
Global IME Bank Limited

कोदालीको’ ‘फाफर फ्लेक्स’, ‘भिगन प्रो’, ‘माइ च्वाइस’ तथा ‘प्यानकेक’ नेपाली बजारमा

कोदालीको’ ‘फाफर फ्लेक्स’, ‘भिगन प्रो’, ‘माइ च्वाइस’ तथा ‘प्यानकेक’ नेपाली बजारमा
New Office

काठमाण्डौ । नेपाली महिलाहरूको नेतृत्वमा सञ्चालित कोदाली भेन्चर्स प्रालिले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्याएको छ। यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ् दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको छ। यी उत्पादनहरूमा कुनै रसायनिक प्रसोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक भएको कम्पनीले जनाएको छ ।  

कोदाली भेन्चर्सले निम्न उत्पादनहरू बजारमा ल्याएको छः

फापर फ्लेक्सः यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो । जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ। यो कम प्रसोधित खाद्य पदार्थ हो र पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ।

भिगन प्रोः यो टुसा उमारिएको मूङ्, तिल र जडिबुटिहरूबाट बनेको २५५ प्रोटिन युक्त पीठो हो। यसलाई बारा, सूप, वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ। यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो।

माइ चोइसः यो टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो। यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्छ।

प्यानकेक (मिठ्ठो गिले रोटी)ः यो अंकुरित अन्नहरू जस्तै जौँ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो। यो रसायन रहित उत्पादन हो र ओमेगा(३ जस्ता पोषक तत्वले भरपूर छ, जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ।

कोदाली भेन्चर्सले आफ्ना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी, प्राकृतिक विधिबाट उत्पादन गर्छ। यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ। साथै, यसले नेपाली उत्पादनहरूमा नै अधिकतम पौष्टिक तत्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको छ।

भविष्यमा, कोदाली भेन्चर्सले विश्व बजारमा नेपाली पहिचान सहित आफ्ना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको छ। यसले नेपाली महिलाहरूको उद्यमशीलता र नेतृत्वलाई पनि प्रोत्साहन दिइरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.