बुधबार, असार १७,२०८३ 10:26:15
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:26:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वरोजगार लघुवित्तको एफपीओमा ११९.८४ गुणा बढी आवेदन, साढे १८ लाखको बढीको हात खाली हुने

Laxmi Sunrise Bank Limited
स्वरोजगार लघुवित्तको एफपीओमा ११९.८४ गुणा बढी आवेदन, साढे १८ लाखको बढीको हात खाली हुने

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा अन्तिमदिनसम्म ११९.८४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आजसम्म कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले आवेदन दिएका छन् ।  

संस्थाको एफपीओमा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन परेको हो ।  

New Office
CG Motors
Garima Development Bank

संस्थाको सेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । संस्थाले गत फागुन १८ गतेदेखि चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।  

यसर्थमा संस्थाको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा १९ हजार ५७७ जनाले मात्रै पाउनेछन् भने १८ लाख ६२ हजार बढीको हात खाली हुनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ २७ गते अनुमति पाएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.