काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
कम्पनीले गत पुस २० गते सम्पन्न कम्पनीको २७ औँ वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर फागुन ३ गतेदेखि अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको छ।
भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने सेयर अभौतिकीकरण भएपश्चात हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                