सोमबार, श्रावण ४,२०८३ 01:12:42
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 01:12:42
Bizshala
Global IME Bank Limited

दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ

दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ
New Office

काठमाण्डौ । दश वर्षदेखि डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जना पक्राउ परेका छन् । डलर देखाएर आम सर्वसाधारणलाई ठग्दै आएका मुख्य योजनाकार राम बहादुर तामाङसहित तीन जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा राम बहादुर, बीबी तामाङ र शंकर रेग्मी छन् । तीन जनालाई गोकर्णेश्वर नगरपालिका ४ तालिञ्चोकबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर छ, हामी मिलाईदिन्छौ भनि प्रलोभन देखाई डलरको आकारको काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रुपैयाँ ठगी गर्ने कार्य गर्दै आएका थिए ।  

निजहरुको साथबाट ७१ हजार नेपाली रुपैयाँ र ६०७ अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ । डलर ठगी कार्यमा डलर मिलाइदिने व्यक्ति(फरेक एक्सचेञ्ज सेन्टर प्रालिका सञ्चालक)शंकर रेग्मीको साथबाट ३ लाख ६ हजार ५ सय नेपाली रुपैयाँ र ५८३ डलर लगायत अन्य विदेशी मुद्राहरु बरामद भएको छ ।  

निजहरु विगत १० वर्षदेखि यो कार्यमा संलग्न रहदैँ आएका थिए । ठगी गरेको रकम विभिन्न सहकारीको मुद्दती निक्षेपमा राख्ने गरेको केहि र केहि रकम मिटर ब्याजमा लगानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । निजहरुले आफु घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरी ठगी कार्य गर्दै आएका थिए । उनीहरुले ठमेलस्थित फरेक एक्सचेञ्ज सेन्टर प्रालिबाट ठगीमा प्रयोग हुने डलर साट्ने गरेको र अमेरिकन डलरको आकारमा कागजहरु काट्ने गरेको प्रहरीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.