बुधबार, असार ४,२०८२ 06:21:54
  • बुधबार, असार ४,२०८२ 06:21:54
Global IME Bank Limited

आजसम्म ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

Hyundai Nepal
आजसम्म ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा १२।१८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १४ लाख ८० हजार ५७८ वटा आवेदन परेको छ ।  

कम्पनीको आइपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन परेको हो ।  

कम्पनीले फागुन २७ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु।१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि, ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा चैत ३ गते  र ढिलोमा चैत १२ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.