IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 02:26:20
IME remit
Global IME Bank Limited

रु. ५०० सम्मको फण्ड ट्रान्स्फरमा अब कारोबार शुल्क नलाग्ने

Hyundai Nepal
रु. ५०० सम्मको फण्ड ट्रान्स्फरमा अब कारोबार शुल्क नलाग्ने
Shivam Cement

काठमाण्डौ । डिजिटल भुक्तानीलाई प्रवद्र्र्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसीएचएलले रिटेल पेमेन्ट स्विच(आरपीएस)मार्फत् हुने रु ५०० सम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । कनेक्ट आईपीएसको वेब÷मोबाईल एप,बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आईपीएसमार्फत मोबाईल वालेटमा गरिने क्यास इन/आउट लाई पूर्ण रुपमा निःशुल्क गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

चैत्र १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरुले आफ्ना प्रणालीहरुमा आवश्यक व्यवस्था मिलाए पछी मोबाइल बैंकिङ तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुनेछ । आरपीएसमार्फत हुने अन्य च्यानलहरु र कारोबारहरुमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको रु. २ र रु.८ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ । साथै उक्त कारोबार शुल्कमा कानूनबमोजिमको भ्याट थप हुने व्यवस्था रहेको छ ।  

कारोबार संख्यामा वृद्धीसँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएलले लिँदै आएको छ । आरपीएसमार्फत गत आर्थिक वर्षमा ने. रु. ५,६९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनामा ने. रु. ४,५५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाईल बैंकिङ एपमा आरपीएस÷कनेक्ट आईपीएसबाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ भने १३ भन्दा बढि वालेटहरुमा बैंक खाताबाट क्यासइन÷आउटको सेवा उपलब्ध रहेको छ ।  

एनपीएसअन्तर्गतको आरपीएसले बैंक वित्तीय संस्था पीएसपी÷पीएसओलगायतका संस्थाहरुलाई ओपन एपीआईको माध्यमबाट रियल टाइम भुक्तानीहरु गर्न सकिने प्ल्याट्फर्म प्रदान गर्दै आएको छ । आरपीएसमा रु २० लाखप्रति कारोबार सीमा रहेको छ भने च्यानल तथा युजेज केसेस् बमोजिम एउटै बैंकमा गरिने कारोबारको उक्त सीमारु १ करोड प्रति कारोबारसम्म रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.