काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाले लगाएको १०४ प्रतिशत ट्यारिफप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । सी जिनपिङले अमेरिकाको करवृद्धिको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँग सम्बन्ध सुदृढ गर्नुपर्ने बताएका छन् ।
नयाँ अमेरिकी कर लागू भएपछि सी जिनपिङले करबारे बोलेको यो पहिलो पटक हो।
उनले राम्रो भविष्यका लागि एशियाली मुलुकले मिलेर काम गर्नुपर्ने बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङको यो भनाइ दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानको हालैको टिप्पणीसँग मिल्दोजुल्दो छ। आसियानले पनि आफ्नो क्षेत्रमा आर्थिक सहयोग बढाउन आग्रह गरेको थियो ।
भियतनाम, कम्बोडिया र इन्डोनेसिया अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएका छन्।