आईतवार, श्रावण १०,२०८३ 05:28:49
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:28:49
Bizshala
Global IME Bank Limited

अमेरिकी ट्यारिफबारे चिनियाँ राष्ट्रपति भन्छन्,‘ अब छिमेकी देशसँग सम्बन्ध सुदृढ गर्नुपर्छ’

अमेरिकी ट्यारिफबारे चिनियाँ राष्ट्रपति भन्छन्,‘ अब छिमेकी देशसँग सम्बन्ध सुदृढ गर्नुपर्छ’
New Office

काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाले लगाएको १०४ प्रतिशत ट्यारिफप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । सी जिनपिङले अमेरिकाको करवृद्धिको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँग सम्बन्ध सुदृढ गर्नुपर्ने बताएका छन् ।  

नयाँ अमेरिकी कर लागू भएपछि सी जिनपिङले करबारे बोलेको यो पहिलो पटक हो।

उनले राम्रो भविष्यका लागि एशियाली मुलुकले मिलेर काम गर्नुपर्ने बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङको यो भनाइ दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानको हालैको टिप्पणीसँग मिल्दोजुल्दो छ। आसियानले पनि आफ्नो क्षेत्रमा आर्थिक सहयोग बढाउन आग्रह गरेको थियो ।

भियतनाम, कम्बोडिया र इन्डोनेसिया अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.