शुक्रबार, बैशाख १२,२०८२ 11:49:29
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 11:49:29
IME remit
Global IME Bank Limited

भावी गभर्नर: ज्ञानेन्द्र ढुंगाना कि गुणाकर भट्ट ?

सेयर लगानीकर्ता भन्छन्-'ज्ञानेन्द्र आए भने नेप्सेले अलटाईम हाईलाई ब्रेक गर्छ'

Hyundai Nepal
भावी गभर्नर: ज्ञानेन्द्र ढुंगाना कि गुणाकर भट्ट ?
Nabil Bank Limited

काठमाण्डौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको निरन्तरको अडान र गठबन्धनमै संकट आउनसक्ने चेतावनीपछि नेपाल राष्ट्रबैंकको गभर्नरमा आफ्नो मान्छेलाई नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी तत्कालका लागि तुहिएको छ । योसँगै गभर्नर बन्ने रेसमा दौडिरहेकाहरुमध्ये पात्रहरुको संख्या निकै कम भएर विकल्पको घेरा अझ साँघुरिएको छ ।  

प्रधानमन्त्री तथा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न तिकडम प्रयोग गरेर राष्ट्रबैंकको आगामी १८ औं गभर्नरमा डा. निलम ढुंगानालाई ल्याउन चाहेका थिए । तर, ढुंगानाको विवादास्पद छविका कारण कांग्रेसले त्यसमा निरन्तर असहमति जनायो । दलीय भागबण्डाका क्रममा गभर्नर आफ्नो भागमा परेको र त्यहाँ आफूले सिफारिस गरेको व्यक्तिले नियुक्ति पाउनुपर्ने कांगे्रसको निरन्तरको दवाबपछि ओली गलेका हुन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

 केही समयअघि मात्रै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा एमालेले आफ्नो मान्छेलाई पठाएको थियो । एकपछि अर्को महत्वपूर्ण पद एमालेले नै हत्याउन खोजेपछि कांग्रेसभित्र यसको विरोध सुरु भएको थियो । जसका कारण पछिल्लो समय ओली नेतृत्वको सरकारको कार्यशैली र स्वयम् ओलीको कार्यशैलीको कांग्रेस महामन्त्री गगनकुमार थापा लगायतका शीर्ष नेताहरुले सार्वजनिक रुपमै आलोचना गर्न थालेका थिए । यही बीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच २ पटकसम्म भेट र छलफल भएको सूचना ओलीले पाएपछि उनी हच्किएका हुन् ।  

देउवा र प्रचण्डबीच भेट भइरहेको समयमा नयाँ वर्षमा सरकार परिवर्तन हुने प्रचण्डले अभिव्यक्ति दिएपछि ओलीलाई गभर्नरको अडानबाट पछाडि हटाउने पृष्ठभूमि तयार भएको हो ।

योसँगै मंगलबार ओली र देउवाबीच बालुवाटारमा करिब डेढ घण्टा छलफल भएको थियो । त्यहाँ देउवाले आफूहरुले गभर्नर कुनै पनि हालतमा नछाड्ने र गभर्नर नपाएको अवस्थामा सत्ता गठबन्धनमै समस्या हुनसक्ने चेतावनी दिएपछि ओली निलम ढुंगानाको नाम छाड्न बाध्य भएका हुन् ।  

ओलीले प्रष्ट रुपमा देउवालाई कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई नै गभर्नर बनाउने वचन दिएपछि सम्भावित उम्मेद्वारहरुको केही तस्विरहरु प्रष्ट हुन थालेका छन् ।  

मंगलबार नै गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड संसोधन गर्ने अर्थमन्त्रालयको केही साताअघिको निर्णय कार्यान्वयनमा नल्याउन सर्वोच्च अदालतले समेत आदेश दिएको छ । यसले समेत गभर्नरको दौडमा रहेका बुढाहरुको संख्या घटी उत्साही युवाहरुको संख्या कम गर्न मद्दत गर्ने ठानिएको छ । सर्वोच्चले उमेरसम्बन्धी मापदण्ड हटाइएको विषयलाई अहिले कार्यान्वयनमा नल्याउन भने पनि बैशाख ७ गते रिट निवेदक र अर्थमन्त्रालयका प्रतिनिधिहरुलाई छलफलमा बोलाएको छ । बैशाख ७ गतेपछि परिस्थितिमा कुनै ट्वीस्ट आउनसक्ने आँकलनसहित कांगे्रसले त्यसअघि नै गभर्नर नियुक्तिको विषयलाई टुंगोमा पुर्याउन जोड गरेको बुझिएको छ ।

को बन्ला गभर्नर ?

सर्वोच्च अदालतको आदेशबाट तत्कालका लागि गभर्नर बन्न निकै शक्तिसहित अगाडि बढिसकेका ४ महिने पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र रिटायर्ड भइसकेका रविन्द्र पाण्डे अयोग्य भएका छन् । उनीहरु दुवै ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति हुन्।  

निकै सम्भावित प्रतिस्पर्धीको रुपमा अगाडि बढेका क्षेत्री र पाण्डेको सम्भावना समेत सकिएको तथा उता निलम ढुंगानाको सम्भावना पनि क्षीण बनेपछि गभर्नर बन्ने रेसमा रहेका ज्ञानेन्द्र ढुंगाना र डा. गुणाकर भट्टमध्ये एकजनाको भाग्य चम्किने देखिन्छ ।  

गभर्नरको रेसमा रहेका यी दुवै उम्मेद्वार कांग्रेसनिकटका हुन् । ज्ञानेन्द्र ढुंगाना नविल बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा गरी गभर्नरको दौडमा होमिएका व्यक्ति हुन् भने डा. भट्ट चाहिँ राष्ट्रबैंककै सिनियर कार्यकारी निर्देशक हुन् । यी दुवै उम्मेद्वारहरुले विभिन्न शक्ति प्रयोग गरेर कांग्रेसबाट सिफारिस हुने एक मात्र नाममा पर्ने प्रयासलाई जारी राखेका छन् ।  

Muktinath Bikas Bank Limited

तुलनात्मक रुपमा निर्णय क्षमता, नेतृत्व क्षमता, सबैलाई सन्तुलनमा राख्नसक्ने क्षमता तथा व्यवहारिक तथा सैद्धान्तिक ज्ञानमा ज्ञानेन्द्रप्रसाद ढुंगाना डा. भट्टभन्दा अब्बल देखिन्छन् । ढुंगाना राष्ट्रबैंककै क्याडर समेत भएको र उनले राष्ट्रबैंकको जागिर छाड्दा डा. भट्ट उनीभन्दा जुनियर भएको हिसाबले समेत भट्टले ढुंगानालाई गभर्नर स्वीकार गर्न समस्या देखिन्न ।  

डा. भट्ट चाहिँ सैद्धान्तिक हिसाबले अब्बल उम्मेद्वार हुन् । अर्थतन्त्रको विषयमा राम्रो ज्ञान भएका उनलाई मौद्रिक नीति, वित्त नीतिको परिचालनसम्बन्धी समेत अब्बल ज्ञान छ । तर निर्णय क्षमता र नेतृत्व क्षमतामा उनका थुप्रै कमजोरी छन् ।  

ज्ञानेन्द्र ढुंगानालाई साथ दिइरहेका कांग्रेसका नेताहरुले डा. भट्टलाई डेपुटी गभर्नर बनाएर ढुंगानालाई गभर्नर बनाउने योजनाका साथ शक्तिकेन्द्रहरु परिचालन गरिरहेका छन् ।  

पछिल्लो समय कांग्रेसका अधिकांश नेताहरु ढुंगानालाई नै गभर्नर बनाउनुपर्ने भन्दै शेरबहादुर देउवालाई निरन्तर ब्रिफिङ गरिरहेका छन् ।  

पछिल्लो योजनाअनुसार ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाएर दुई डेपुटी गभर्नरमध्ये सिनियरमा डा. भट्ट र जुनियर डेपुटीमा प्रधानमन्त्रीका विकास सल्लाहकार डा. युवराज खतिवडाका छोरीज्वाईँ डा. रामशरण खरेललाई ल्याउने तयारी छ ।  

स्रोतहरुका अनुसार आगामी साताभित्र गभर्नर नियुक्तिको विषय टुंगो लागिसक्नेछ ।  

लगानीकर्ताको रोजाई को ?

सेयर बजार, रियल स्टेट लगायतका क्षेत्रमा निरन्तर लगानी गरिरहेकाहरुले सम्भावित गभर्नरमा डा. भट्ट भन्दा ज्ञानेन्द्र ढुंगानालाई चाहिरहेका छन् । दुई साताअघि बिजशालाले सञ्चालन गरेको एक सर्भेमा सहभागीमध्ये ६८ प्रतिशतले गभर्नरका ९ उम्मेद्वारमध्ये ज्ञानेन्द्र ढुंगानालाई रोजेका थिए । ढुंगाना सेयर बजार, रियल स्टेट लगायतका लगानीका क्षेत्रप्रति लोयल भएकोले उनी गभर्नर आउँदा यी सेक्टर बुम हुने धेरैको बुझाई छ ।  

ढुंगाना गभर्नर बन्ने सम्भावनाको समाचारले मात्रै पनि सेयर बजारका लगानीकर्ता उत्साहित देखिने गरेका छन् । बजारका केही विश्लेषकहरुको दाबीलाई आधार मान्ने हो भने ढुंगाना गभर्नर बने भने नेप्से परिसूचकले अलटाईम हाईको नयाँ रेकर्ड बनाउनेछ । 'गभर्नरको रुपमा ढुंगाना आएको खण्डमा नेप्से परिसूचक करिब १ हजार अंकले सजिलै बढ्ने देखिन्छ ।'- बिजशालाको सर्भेमा सहभागी अधिकांश सेयर लगानीकर्ताले भनेका छन् ।  

सम्बन्धित समाचार

-जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.