काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाबीच कुरा नमिलेका कारण गभर्नर नियुक्तीमा ढिलाई भएको बताएका छन् । । बिहिबार रुपन्देहीमा पत्रकारसँगको कुराकानीको क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको प्रचण्डले गभर्नरको नियुक्तीमा स्वार्थ समूहको बिगबिगी रहेकाले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रका समस्या समाधान गर्नतर्फ लाग्न सरकारलाई आग्रह गरेका छन् ।
उनले सरकारका संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न समेत सुझाव दिए ।