काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका निर्णयहरूको विरुद्धमा हजारौं मानिसहरू आन्दोलनामा उत्रिएका छन् । यो आन्दोलन ‘५०५०१’ को रूपमा चिनिन्छ। यसको अर्थ थियो, ५० प्रदर्शन, ५० राज्य र १ आन्दोलन हो। अमेरिकामा कुल ५० राज्यहरू छन्।
प्रदर्शनकारीहरूले गल्तिले एल साल्भाडोरमा निर्वासन गरिएका किल्मर एब्रेगो गार्सिया र अन्य विषयको विरोध गरे । तर, ट्रम्प प्रशासन किल्मर एब्रेगो गार्सियाको अमेरिका फिर्ताको पक्षमा छैन।
यसका साथै आन्दोलनकारीले सरकारी दक्षता विभागले सरकारी जागिर कटौती र अन्य खर्च घटाउने निर्णय गरेको पनि प्रश्न उठाएका छन् ।