काठमाण्डौ । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये चालु आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा गरिमा विकास बैंक सबैलाई टप्दै खूद नाफा आर्जनमा नम्बर वान बन्न सफल भएको छ ।
गरिमा विकास बैंकका अन्य महत्वपूर्ण सूचकहरुमा समेत राम्रो प्रगति भएको देखिन्छ । विगत केही अघिदेखि गरिमाले विकास बैंकहरुको समूहलाई नाफा लगायतका प्रमुख वित्तीय सूचकतर्फको प्रगतिमा निरन्तर उछिन्दै आएको छ ।
समीक्षा अवधिमा गरिमा विकास बैंकको नाफा ७३ करोड ३४ लाख बढी भएको छ । यो भनेको अघिल्लो वर्षको चैत मसान्तसम्मको तुलनामा ७.३१ प्रतिशत बढी हो ।
खूद नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथ विकास बैंक ७२ करोड ४८ लाखसहित दोश्रो स्थानमा छ । गरिमाले नाफा बढाउँदै मुक्तिनाथको नाफा भनेको अघिल्लो वर्षको ९ महिनाको अवधिमा १६.८५ प्रतिशतले घटेको छ ।
खूद नाफातर्फ साइन रेसुंगा डेभलपमेन्ट बैंक ५१ करोड ४० लाख नाफासहित तेश्रो स्थानमा छ ।
खूद नाफातर्फ ४९ करोड ३१ लाखसहित कामना सेवा विकास बैंक चौथो स्थानमा उक्लिएको छ । यो बैंकले गत वर्षको सोही अवधिको तुलनामा खूद नाफालाई करिब ४९ प्रतिशतले बढाउने सफलता पाएको हो ।
महालक्ष्मी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच पाँचौ स्थानका लागि प्रतिस्पर्धा देखिएको छ । महालक्ष्मीले गत वर्षको तुलनामा करिब १७ प्रतिशतले नाफा बढाई ४३ करोड ६५ लाख आर्जन गरेको छ भने सांग्रिलाले ६१.१८ प्रतिशतले नाफा बढाउँदै ४३ करोड ४२ लाख आर्जन गरेको छ । नाफातर्फको बढोत्तरीको रफ्तार सांग्रिलाको महालक्ष्मीको तुलनामा आकर्षक देखिएको छ।
८ वटा विकास बैंकमध्ये ज्योति विकास बैंकले १०१.१४ प्रतिशतको छलाङ मार्दै समीक्षा अवधिमा ३० करोड ६६ लाख खूद नाफा कमाएको छ ।
लुम्बिनी विकास बैंकको नाफा चाहिँ पहिरो गएको छ । जसका कारण अघिल्लो वर्षको ९ महिनाको तुलनामा यसको नाफा ८५.४५ प्रतिशतले घटेर ३४ करोडबाट ५ करोडमा सीमित बन्न पुगेको हो ।
विकास बैंकको खूद नाफा रु.

लाभांश क्षमतामा कुन विकास बैंक अगाडि ?
९ महिना अवधिको वित्तीय प्रदर्शनका आधारमा हेर्दा लाभांश क्षमतामा कामना सेवा अगाडि देखिएको छ । यो बैंकको लाभांश क्षमता १८.९८ प्रतिशत रहेको छ । साइन रेसुंगाले १०.५९ प्रतिशत लाभांश क्षमता बनाउँदा सांग्रिलाले पनि त्यही हाराहारीमा आफूलाई अपग्रेड गरेको छ ।
नाफामा टप पोजिसनमा रहेका गरिमा र मुक्तिनाथको लाभांश क्षमता ८.२३ र ८.०४ प्रतिशत रहेको छ । महालक्ष्मी विकास बैंकको क्षमता ५.०७ प्रतिशत हुँदा लुम्बिनीको ०.०२ प्रतिशत रहेको छ । ज्योति विकास बैंकको लाभांश क्षमता भने १७.२५ प्रतिशतले ऋणात्मक बन्न पुगेको छ ।
विकास बैंकको लाभांश क्षमता(प्रतिशतमा)

खराब कर्जाको लेखाजोखा
राष्टिय स्तरका सबै विकास बैंकको खराब कर्जाको अनुपात बढेको छ । यसमध्ये लुीम्बनी विकास बैंकको अवस्था निकै नाजुक देखिएको छ । लुम्बिनी विकास बैंकको खराब कर्जा गत वर्षको ३.६९ प्रतिशतबाट बढेर ७.१८ प्रतिशत पुगेको छ । यो भनेको नियामकले तोकेको न्यूनतम ५ प्रतिशतको सीमाभन्दा बढी हो । यसले लुम्बिनी विकास बैंक खराब कर्जाको पासोमा फस्दै गएको देखिन्छ ।
विकास बैंकको खराब कर्जा अनुपात(प्रतिशतमा)
