काठमाण्डौ। दिनभर घटेर कारोबार भएको बजार आज अन्त्यमा दोहोरो अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज अपर ब्याण्ड २७३५ विन्दुमा प्रतिरोध सामना गरेको छ ।
यसअघि पनि बजारले अपर ब्याण्डमा नै प्रतिरोध सामना गरेको थियो । बजार बुल जानको लागि आगामी दिनमा यो विन्दुभन्दा माथि लाग्नु पर्नेछ । यस हिसाबले यदि बजार अपर ब्याण्डसँगै हिड्न सक्दैन भने मध्य ब्याण्डमा सपोर्ट लिन पनि सक्छ ।
म्याक्डीबाट नियाल्दा बजारमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोन ५२ को तहमा चलेको छ । मनी फ्लो इन्डेक्स बुलिस नै रहेको छ । अबको बजारलाई पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट २७०६ विन्दुमा सपोर्ट लिएको देखिन्छ । यदि बजार यहाँबाट पनि तल खस्छ भने क्रमशः २६७३, २६२४ र २५९० मा सपोर्ट लिन सक्छ । त्यसैगरि बढेमा भने २७५६,२७९० र २८३८ मा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफरिस भने होइन ।