काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार सामान्य अंकले बढ्यो । नेप्से परिसूचकमा सुधार आउदा आज कारोबार पनि बढेको छ । आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा डोजी क्याण्डल बनेको छ ।
यसले सम्भावित रुपमा बजारमा रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी क्याण्डल बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्नेछ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजारले आज मध्य ब्याण्ड छाडेको छ । म्याक्डीबाट नियाल्दा बजार करिब बियरिस क्रसओभर नजिक पुगेको छ । तर बियरिस क्रसओभर भने बनेको छैन ।
आरएसआई ४३ को तहमा चलेको छ । समग्रमा बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार हाल बिक्री दबाबमा चलेको देखिन्छ । आगामी दिनमा यदि बजार २६८५ विन्द्युभन्दा माथि लागेमा अप ट्रेन्ड र २६४० विन्दुभन्दा तल खसेमा भने थप बिक्री दबाब पर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।