काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङकका अनुसार कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड भएको छ ।
आईपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम २८९.३५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ ।
पियोर इनर्जी लिमिटेडको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९६.४५ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८३/८४ सम्म प्रतिसेयर नेटवर्थ १२०.४९ रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरेको छ ।