काठमाण्डौ । आज साताको दोस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद बढी भएको छ भने ५ वटैबाट बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५), सनि सेक्युरिटिज कम्पनी (ब्रोकर न. ४२), अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९), आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) र दिपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८) रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने नासा सेक्युरिटिज (ब्रोकर नं. ५८), भिजन सेक्युरिटिज (ब्रोकर नं( ३४), सिबिआइएल सेक्युरिटिज (ब्रोकर नं. ९१), क्यापिटल म्याक्स सेक्युुरिटिज .(ब्रोकर नं. ६२) र श्रीहरि सेक्युरिटिज (ब्रोकर नं. ५६) रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४४.९१ प्रतिशत खरिद भएको छ भने ५५.०९ प्रतिशत बिक्री भएको छ ।
