काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज उच्च खरिदबिक्री हुने टप १० ब्रोकरहरुमा ६ वटाबाट खरिद बढी भएको छ भने चारवटाबाट बिक्री बढी भएको छ ।
उच्च खरिद हुने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज छन् ।
त्यस्तै, उच्च बिक्री हुने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज र सुमेरु सेक्युरिटिज रहेका छन् ।
सर्वाधिक कारोबार आज नासा सेक्युरिटिजबाट भएको छ । उक्त ब्रोकरबाट मात्रै कुल ९६ करोड ६८७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५३.९२ प्रतिशत मात्रै खरिद भएको छ भने ४६.०८ प्रतिशत खरिद भएको छ ।
त्यस्तै, सबैभन्दा थोरै सेयर कारोबार भने श्रीकृष्ण सेक्युरिटिजबाट ३३ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । जसमा ५७.४९ प्रतिशत खरिद र ४२.५१ प्रतिशत बिक्री भएको छ ।
