मंगलवार, असार ३,२०८२ 03:27:17
  • मंगलवार, असार ३,२०८२ 03:27:17
Global IME Bank Limited

सेयरबजार ओरालो लाग्दा म्युचुअल फण्डहरुको नाफा २७.५५% ले घट्यो, सबैको न्याभमा गिरावट

Hyundai Nepal
सेयरबजार ओरालो लाग्दा म्युचुअल फण्डहरुको नाफा २७.५५% ले घट्यो, सबैको न्याभमा गिरावट
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजारमा गिरावट आएपछि संस्थागत लगानीकर्ता म्युचुअल फण्डहरुको नेटवर्थ घट्न पुगेको छ । म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी हुने हुँदा बजारमा उतारचढाव आउने वित्तीकै फण्डहरुको नेटवर्थ अर्थात् वित्तीय अवस्था नै फेरबदल हुने गर्दछ ।  

सेयरबजार ओरालो लागेपछि फण्डहरुको खुद सम्पत्तिको मूल्य (न्याभ), खुद मुनाफा र लगानीको अवस्था नै घट्न पुगेको छ । बैंकहरुको मुद्दती निक्षेप घटेर बजारतर्फ लगानी बढाएका फण्डहरुको पोर्टफोलियो सेयरबजारले समेत बढाउन सकेको छैन ।  

घट्दो बजारले फण्डहरुको वित्तीय अवस्था नै कमजोर बनाइदिएको छ । फागुनमा २८९० विन्दुमा रहेको नेप्से परिसूचक चैत महिनामा २५८२ विन्दुमा आइपुगेको छ । यस हिसाबमा सेयरबजार १०.६५ प्रतिशतले घटेको छ । बजार घटेसँगै फण्डहरुको नाफा, न्याभ र लगानीको भ्यालु समेत ह्वात्तै घट्न पुगेको छ ।  

म्युचुअल फण्डहरुको नेटवर्थ सेयरबजारसँग सम्बन्धित हुने भएकाले न्याभ घट्न पुगेको छ । मुद्दतीको ब्याजदर घटेर फण्डहरुले बजारमा लगानी बढाएपनि बजारबाट समेत नेटवर्थ बढाउन सकेका छैनन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चैत महिनामा सबै फण्डहरुको मुनाफा र न्याभ घटेको छ । समग्रमा फण्डहरुको खुद नाफा २७.५५ प्रतिशतले घटेको छ । चैतमा सबैभन्दा बढी नाफा आर्जन गर्ने म्युचुअल फण्डमा भने प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले २२ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले २० करोड ६२ लाख, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले १९ करोड ८२ लाख र हिमालयन ८०–२० ले १९ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

फागुन महिनाको तुलनामा सबैभन्दा बढी नाफा घट्नेमा भने सनराइज ब्लुचिप फण्ड रहेको छ । यस फण्डको नाफा फागुनको तुलनामा ८५.८५ प्रतिशतले घटेको छ ।  

साथै चैत महिनामा पाँचवटा फण्डले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा एनआइबीएल समृद्धि फण्ड–२ रहेको छ । फण्डले १९ करोड ११ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, मेगा म्युचुअल फण्ड–१ ले ५ करोड २५ लाख, एनआइबीएल स्टेबल फण्डले १ करोड ५५लाख, गरिमा समृद्धि योजनाले ७१ लाख ५१ हजार र कुमारी सबल योजनाले १० लाख ७३ हजार रुपैयाँ घाटा ब्यहोरेको छ ।  

फण्डहरुको नाफा प्रभावित बनेसँगै न्याभ पनि सबैको घटेको छ । सो अवधिसम्म ५ वटा फण्डको न्याभ मात्रै १२ रुपैयाँभन्दा बढी छ । सबैभन्दा बढी हिमालयन ८०–२० को न्याभ १२.४६ रुपैयाँ छ ।  

चैत महिनामा म्युचुअल फण्डहरुको लगानीको भ्यालु ९.१८ प्रतिशतले घटेको छ । फागुनमा फण्डहरुको सेयरबजारमा लगानीको भ्यालु ४२ अर्ब २७ करोड रुपैयाँ रहेकोमा चैत महिनामा ३८ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।  

सेयरबजार ओरालो लागेपनि फण्डहरुले बजारमा गरेको लगानीको भ्यालु पनि घट्न पुगेको हो । चैत महिनामा १८ फण्डको लगानी भ्यालु बृद्धि भएको छ भने २३ फण्डको लगानी भ्यालु घटेको छ । सबैभन्दा बढी लगानी घट्नेमा एनआइबीएल सहभागीता फण्ड रहेको छ । फण्डको यस्तो भ्यालु ८६.६१ प्रतिशतले घटेको छ ।  

त्यस्तै, सबैभन्दा बढी बढ्नेमा भने गरिमा समृद्धि योजना रहेको छ । गरिमाको लगानी भ्यालु १३.४५ प्रतिशतले बढेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.