सेयरबजारमा सुधार आउँदा म्युचुअल फण्डहरुको नाफा दोब्बर बढ्यो, सबैको न्याभ १० रुपैयाँमाथि
काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद मुनाफा झण्डै दोब्बरले बढेको छ । सञ्चालनमा रहेका ४५ म्युचुअल फण्डले असार मसान्तसम्म ७ अर्ब १० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा जेठ मसान्तसम्मको तुलनामा ९७.१० प्रतिशत बढी हो । जेठ महिनासम्ममा म्युचुअल फण्डहरुले ३ अर्ब ६० करोड ३६ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म सबै फण्डको नाफा उल्लेख्य बढेको छ । जेठमा घाटा...