बिहीबार, बैशाख ३१,२०८३ 10:47:01
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:47:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजार घट्दा म्युचुअल फण्डहरुले ब्यहोरे रु.१.२५ अर्ब घाटा, सबैको न्याभ घट्यो

Laxmi Sunrise Bank Limited
सेयरबजार घट्दा म्युचुअल फण्डहरुले ब्यहोरे रु.१.२५ अर्ब घाटा, सबैको न्याभ घट्यो
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुले एक अर्ब भन्दा बढी घाटा ब्यहोरेका छन् । सञ्चालनमा रहेका ४५ म्युचुअल फण्डले भदौ मसान्तसम्म एक अर्ब ३५ करोड ३३ लाख रुपैयाँ घाटा ब्यहोरेका हुन् ।  

साउन महिनामा भने फण्डहरुले ९ करोड १२ लाख ६१ हजार रुपैयाँ नाफा कमाएका थिए । भदौ मसान्तसम्म ७ वटा म्युचुअल फण्डले मात्रै नाफा कमाएका छन् भने ३८ वटा फण्ड घाटामा देखिएका छन् ।  

सो अवधिसम्म ७ वटा फण्डले १५ करोड ४७ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका छन् भने ३७ फण्डले १ अर्ब ५० करोड ८१ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । समग्रमा म्युचुअल फण्डहरु एक अर्ब ३५ करोड रुपैयाँ घाटामा देखिएका हुन् ।  

Bizshala
New Office
CG Motors

सेयरबजार ह्वात्तै घट्दा भदौ महिनामा म्युचुअल फण्डहरुले घाटा ब्यहोर्न पुगेका हुन् । साउन महिनाको अन्तिम कारोबार दिन २७९० विन्दुमा रहेको नेप्से परिसूचक भदौ महिनाको अन्तिम कारोबार दिनसम्म घटेर २७०८ विन्दुमा कायम भएको छ । यसर्थमा एक महिनाको अन्तरालमा सेयरबजार ३ प्रतिशतले घट्दा म्युचुअल फण्डहरुले नोक्सानी ब्यहोर्न पुगेका हुन् ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको ठूलो लगानी रहेको हुन्छ । बजारमा उतारचढाव आउँदा फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँछ । सेयरबजार घट्दा फण्डहरुको नाफासँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ), लगानीको भ्यालु समेत घटबढ हुने अवस्था आउँछ । भदौ महिनामा सेयरबजार ठूलो अंकले घट्दा फण्डहरुको नाफा, न्याभ र लगानीमा समेत प्रभाव पारेको छ ।  

सो अवधिसम्म नाफामा रहेका म्युचुअल फण्डहरुमा सनराइज फोकस्ड इक्विटी फण्ड, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्ड–२, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा ग्रोथ फण्ड र लक्ष्मी उन्नती कोष रहेका छन् । सबैभन्दा बढी नाफा कमाउनेमा सनराइज फोकस्ड इक्विटी फण्ड रहेको छ । यो फण्डले ४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, सबैभन्दा बढी धेरै घाटा ब्यहोर्ने फण्डमा भने एनआइबीएल सहभागीता फण्ड रहेको छ । यो फण्डले भदौ महिनासम्म २३ करोड ४७ लाख ९ हजार रुपैयाँ घाटा ब्यहोरेको छ ।  

सबैको न्याभ घट्यो  

म्युचुअल फण्डहरुको नाफासँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । सञ्चालनमा रहेका ४५ वटै फण्डको न्याभ भदौ महिनामा घटेको छ । यसअघि १३ रुपैयाँसम्म पुगेको न्याभ भदौमा घटेरे सबैको १० रुपैयाँ भन्दा तल झरेको छ ।  

म्युचुअल फण्डहरुले लगानी गरेका सम्पत्तिको मूल्यबाट दायित्वहरु घटाएर बाँकी रहेको रकमलाई कुल युनिट संख्याले भाग गर्दा पाइने मूल्य नै न्याभ हो । न्याभ घट्दा लगानीको मूल्य पनि घटेको मान्न सकिन्छ । जस्तै, तपाईले प्रतिइकाई १० रुपैयाँमा १०० इकाई फण्ड खरिद गर्नुभयो भने तपाईको कुल लगानी एक हजार रुपैयाँ हुन्छ, यदि न्याभ घटेर ९ रुपैयाँ भयो भने तपाईको लगानी मूल्य ९०० हुन जान्छ अर्थात् तपाईलाई सय रुपैयाँ घाटा भएको मान्न सकिन्छ ।  

भदौ महिनासम्म ३१ वटा म्युचुअल फण्डको न्याभ १० रुपैयाँ हाराहारीमा रहेको छ भने १४ वटा म्युचुअल फण्डको न्याभ ९ रुपैयाँ हाराहारीमा रहेको छ ।  

सेयरबजारमा रु.४८ अर्ब २० करोडको लगानी  

म्युचुअल फण्डहरुको सेयरबजारमा ४८ अर्ब २० करोड ८३ लाख रुपैयाँ लगानी रहेको छ । यो लगानी रकम साउन महिनाको तुलनामा ०।६२ प्रतिशत कम हो । साउनमा फण्डहरुको सेयरबजारमा ४८ अर्ब ५१ करोड रुपैयाँ लगानी रहेको थियो ।  

सो अवधिसम्म २० म्युचुअल फण्डको मात्रै सेयरबजारमा गरेको लगानी भ्यालु बढेको छ भने २५ फण्डको लगानी भ्यालु घटेको छ ।  

भदौमा सबैभन्दा बढी सेयरबजारमा लगानी गर्ने म्युचुअल फण्डमा एनआइबीएल सहभागीता फण्ड रहेको छ । यो फण्डको कुल ६ अर्ब १३ करोड रुपैयाँ सेयरबजारमा लगानी रहेको छ । यो लगानी साउन महिनाको तुलनामा २.१५ प्रतिशत बढी हो ।  

त्यस्तै, सबैभन्दा थोरै लगानी गर्ने म्युचुअल फण्डमा शुभ लक्ष्मी कोष रहेको छ । यो फण्डको जम्मा ४० करोडा १० लाख रुपैयाँ मात्रै सेयरबजारमा लगानी रहेको छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.