बिहीबार, बैशाख ३१,२०८३ 10:44:32
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:44:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजार बढ्दा २३७% ले बढ्यो म्युचुअल फण्डहरुको नाफा, सबैको न्याभ बृद्धि

Laxmi Sunrise Bank Limited
सेयरबजार बढ्दा २३७% ले बढ्यो म्युचुअल फण्डहरुको नाफा, सबैको न्याभ बृद्धि
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुले साउनमा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)बढाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये एनआइसी एशिया डायनामिक डेब्ट फण्डबाहेक सबै म्युचुअल फण्डले खुद सम्पत्ति मूल्य बृद्धि गरेका छन् ।  

केही महिनाअघि सेयरबजारमा उच्च गिरावट आउँदा फण्डहरुको न्याभ घटेर १० रुपैयाँ भन्दा तल झरेको थियो । सेयरबजारमा फण्डहरुको ठूलो रकम लगानी रहेको हुन्छ । बजारमा देखिएको वियरिसले फण्डहरुको सम्पत्ति मूल्य ह्वात्तै घटेको थियो ।  

घट्दो बजारको अवस्थामा फण्डहरुले सूचीकृत सेयरमा लगानी थप्न समेत डराएका थिए । गत असार महिनाको तुलनामा साउनमा फण्डहरुले सम्पत्ति मूल्य उल्लेख्य बढाउन सफल भएका छन् ।  

Bizshala
New Office
CG Motors

गत असारको अन्तिमतिर सेयरबजारमा सुधार देखिन थालेपछि फण्डहरुको नाफासँगै न्याभ पनि बृद्धि भएको देखिन्छ । गत असारको अन्तिम सातातिरबाट बढ्न थालेको बजार साउन महिनाको अधिकांश दिन बृद्धि भएको थियो ।  

साउनको पहिलो दिन २३११.४८ विन्दुमा रहेको नेप्से परिसूचक साउनको अन्तिम दिनसम्म बढेर ३००३.२४ विन्दुमा पुगेको थियो । साउन महिनामै समग्रमा सेयरबजार ७६।९६ प्रतिशतले बृद्धि बढेको थियो । यसर्थ म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा गरेको लगानीबाट उल्लेख्य सम्पत्ति मूल्य बढाएका छन् ।  

असार महिनाको तुलनामा साउनमा म्युचुअल फण्डहरुले २३७ प्रतिशतले खुद नाफा बढाएका छन् । साउनमा म्युचुअल फण्डहरुले ९ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । असारमा भने फण्डहरुले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।  

२२०८% सम्म बढ्यो फण्डहरुको नाफा  

असार महिनाको तुलनामा साउनमा म्युचुअल फण्डहरुले खुद नाफा उल्लेख्य बढाउन सफल भएका छन् । लगातार घट्दै आएको सेयरबजार साउन महिनामा एकाएक बढेपछि म्युचुअल फण्डहरुले नाफा बढाएका छन् ।  

सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले साउनमा २२०८ प्रतिशतसम्म नाफा बढाएका छन् । असारको तुलनामा एनआइसी एशिया डायनामिक डेब्ट फण्डको मात्रै नाफा घटेको छ भने एनआइबीएल समृद्धि फण्ड ३ करोड रुपैयाँ घाटामा रहेको छ ।  

तरपनि फण्डहरुको समग्र नाफा २३७ प्रतिशतले बढेको देखिएको छ । साउनमा सर्वाधिक नाफा कमाउने फण्डमा एनएमबी सरल बचत फण्ड–इ रहेको छ । फण्डले ५३ करोड १६ लाख रुपैयाँ नाफा कमाउने सफल भएको छ ।  

त्यस्तै, एनआइबीएल सहभागिता फण्डले पनि ४९ करोड ६१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यसका साथै सिद्धार्थ इक्विटी फण्डले ३६ करोड ६८ लाख, एनएमबी सुलभ फण्ड–२ ले ३६ करोड २९ लाख, एनएमबी ५० ले ३४ करोड ८२ लाख र नबिल ब्यालेन्स्ड फण्ड–३ ले ३३ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ ।  

तर असारको तुलनामा साउनमा सर्वाधिक नाफा बढाउनमा भने एनआइसी एशिया ग्रोथ फण्ड–२ रहेको छ । फण्डले २२०८.८७ प्रतिशत नाफा बृद्धि गरेको छ । असारमा ६० लाख रुपैयाँ मात्रै नाफा कमाएको यस फण्डले साउनमा १४ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ८६८।४७ प्रतिशत, सानिमा इक्विटी फण्डले ८००।९५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६०२.५५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डले ५९४ प्रतिशत नाफा बढाएका छन् ।  

न्याभ कुनको कति ?  

साउनमा म्युचुअल फण्डहरुले ३ रुपैयाँसम्म न्याभ बढाउन सफल भएका छन् । सञ्चालनमा रहेका म्युचुअल फण्डमध्ये एनआइसी एशिया डायनामिक डेब्ट फण्डको न्याभ मात्रै असारको तुलनामा घटेको छ । बाँकी सबै फण्डहरुले न्याभ बढाएका छन् ।  

साउनमा सबैभन्दा बढी न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को रहेको छ । सो फण्डको न्याभ १५.१९ रुपैयाँ पुगेको छ । असारको तुलनामा उक्त फण्डको न्याभ २.९७ रुपैयाँ बृद्धि भएको छ ।  

त्यस्तै, एनएमबी ५० को पनि १४.५० रुपैयाँ पुगेको छ । असारको तुलनामा उक्त फण्डको न्याभ २.७९ रुपैयाँ बढेको छ । यसका साथै प्रभु सेलेक्ट फण्डको १४.०९ रुपैयाँ, सनराइज फर्स्ट म्युचुअल फण्डको १४।०५ रुपैयाँ, सानिमा इक्विटी फण्डको १३.९३ रुपैयाँ, आरबीबी म्युचुअल फण्ड–२ को १३.७४ रुपैयाँ, कुमारी सुनौलो योजनाको १३.७० रुपैयाँ, एनआइसी एशिया ग्रोथ फण्डको १३.६९ रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड–२ को न्याभ १३.५२ रुपैयाँ पुगेको छ ।  

तर असारको तुलनामा साउनमा धेरै न्याभ बढाउनमा भने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ अघि देखिएको छ । फण्डले ३.१६ रुपैयाँले न्याभ बृद्धि गरेको छ । असारमा १०.५७ रुपैयाँ रहेको न्याभ साउनमा बढेर १३।७३ रुपैयाँ पुगेको छ ।  

सेयर बजारमा रु.४३ अर्ब लगानी  

म्युचुअल फण्डहरुको सूचीकृत सेयरमा रहेको लगानी ४३ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । साउन महिनामा ४३ वटा म्युचुअ फण्डले सेयरबजारमा ४३ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका हुन् ।  

जुन यो असारको तुलनामा २९.३० प्रतिशतले बढी हो । असारमा म्युचुअल फण्डहरुको सूचीकृत सेयरमा लगानी ३३ अर्ब ४९ करोड रुपैयाँ थियो ।  

पछिल्लो महिनामा सेयरबजार बढ्दा म्युचुअल फण्डहरुको लगानी रहेको कम्पनीहरुको सेयरभाउ बढ्दा लगानीको भ्यालु बृद्धि हुन पुगेको हो ।  

साउनमा सिटिजन्स म्युचुअल फण्ड–१ बाहेक सबै फण्डको लगानीको भ्यालु बृद्धि भएको छ ।  

सेयरबजारमा सर्वाधिक लगानी एनआइबीएल सहभागिता फण्डको रहेको छ । फण्डले सूचीकृत सेयरमा गरेको लगानीको भ्यालु २ अर्ब ६३ करोड रुपैयाँ छ । जुन यो असारको तुलनामा ३८.२५ प्रतिशत बढी हो ।  

त्यस्तै, एनएमबी सरल बचत फण्ड–ई को २ अर्ब ३७ करोड, एनएमबी सुलभ फण्ड–२ को १ अर्ब ६० करोड, सिद्धार्थ इक्विटी फण्डको १ अर्ब ५० करोड, एनएमबी ५० को १ अर्ब ४३ करोड, नबिल ब्यालेन्स्ड फण्ड–३ को १ अर्ब ३६ करोड, सनराइज ब्लुचिप फण्डको १ अर्ब ३४ करोड, प्रभु सेलेक्ट फण्डको १ अर्ब २६ करोड र मेगा म्युचुअल फण्ड–१ को १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।  

साउन महिनामा २० वटा म्युचुअल फण्डको लगानीको भ्यालु १ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । असारको तुलनामा सर्वाधिक लगानीको भ्यालु बढाउनेमा एनआइबीएल स्टेबल फण्ड अघि रहेको छ । फण्डले ११३.८१ प्रतिशतले लगानीको भ्यालु बृद्धि भएको छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.