सोमबार, असार १५,२०८३ 04:25:47
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:25:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म्युचुअल फण्डहरुको नाफा ९.३७% ले घट्यो, अधिकांशको ईपीएसमा गिरावट

Laxmi Sunrise Bank Limited
म्युचुअल फण्डहरुको नाफा ९.३७% ले घट्यो, अधिकांशको ईपीएसमा गिरावट

काठमाण्डौ । म्युचुअल फण्डहरुले ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले कात्तिक महिनामा ६ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  

फण्डहरुले कमाएको यो नाफा अघिल्लो महिनाको तुलनामा भने ६.८४ प्रतिशत कम हो । असोजमा फण्डहरुले ६ अर्ब ४७ करोड ५ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डको नाफासँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)पनि घटेको छ । असोज महिनामा अधिकांश सेयरबजार बढेको थियो । नेप्से परिसूचक बढेर २७४२ विन्दुमा उक्लिएको थियो । बजारले केही प्रतिशत भएपनि बढेको थियो ।  

तर कात्तिक महिनामा बजारले लय लिन नसकेपछि अधिकांश म्युचुअल फण्डको न्याभसँगै नाफा प्रभावित बन्न पुगेको हो । चाडपर्वसकिएसँगै कात्तिक महिनामा बजारले खासै लय लिन सकेको थिएन । लगानीकर्ताहरु बजार बढ्न मौद्रिक नीतिको समिक्षाको प्रतिक्षामा थिए ।  

बजारमा तरलता फालाफाल भएपनि लगानीकर्तामा मनोबल बढ्न नसक्दा सेयरबजारले लय समात्न सकेको थिएन । म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी रहेको हुन्छ । सेयरबजारमा उतारचढाव आउने बित्तिकै फण्डहरुको नाफा÷नोक्सान, न्याभ र लगानीको अवस्था नै परिवर्तन हुने देखिन्छ ।  

कात्तिक महिनामा १५ वटा म्युचुअल फण्डको मात्रै नाफा बृद्धि देखिएको छ भने २७ वटाको नाफामा संकुचन देखिएको छ । एनआइबीएल समृद्धि फण्ड२ ले भने सो अवधिसम्म १२ करोड ६२ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कुनले कति नाफा कमाए ?  

कात्तिक महिनामा सबैभन्दा धेरै नाफा कमाउने फण्डमा एनएमबी सरल बचत फण्ड ई रहेको छ । फण्डले कात्तिक महिनामा ३३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर फण्डको यो नाफा असोज महिनाको तुलनामा ९.३७ प्रतिशत कम हो । असोजमा फण्डले ३६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, दोस्रोमा एनआइबीएल सहभागीता फण्डले २८ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । फण्डको यो नाफा असोजको तुलनामा ८।०९ प्रतिशत कम हो । असोजमा फण्डले ३० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

यसका साथै सिद्धार्थ इक्विटी फण्डले २६ करोड ६७ लाख, प्रभु सेलेक्ट फण्डले २३ करोड ९० लाख रुपैयाँ, एनएमबी ५० ले २३ करोड २६ लाख रुपैयाँ, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले २३ करोड २० लाख, नबिल ब्यालेन्स्ड फण्ड ३ ले २१ करोड ९३ लाख, सानिमा इक्विटी फण्डले २१ करोड ९१ लाख, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले २१ करोड ६७ लाख रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले २१ करोड ४४ लाख रुपैयाँ र प्रभु स्मार्ट फण्डले १९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सबैभन्दा थोरै मेगा म्युचुअल फण्ड–२ ले २ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआइबीएल समृद्धि फण्ड–२ ले भने १२ करोड ६२ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

न्याभ कुनको कति ?  

कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डको न्याभमा घट्न पुगेको छ । सेयरबजारमा सुधार नदेखिएपछि फण्डहरुले आफुले लगानी गरेको कम्पनीको सेयरभाउ नबढेपछि नाफासँगै न्याभ प्रभावित बन्न पुगेको हो ।  

असोज महिनाको तुलनामा कात्तिकमा १६ वटा म्युचुअल फण्डको मात्रै न्याभ बढेको छ भने २६ वटाको न्याभ घट्दा एनआइबीएल समृद्धि फण्ड–२ को न्याभ भने तटस्थ रहेको छ ।  

कात्तिक महिनामा सबैभन्दा धेरै न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १३.१२ रुपैयाँ रहेको छ । असोजको तुलनामा फण्डको न्याभ ०.९१ रुपैयाँले बृद्धि भएको छ ।  

त्यस्तै, प्रभु स्मार्ट फण्डको १२.५८ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको १२.४२ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को १२.२५ रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को १२.१९ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १२.१७ रुपैयाँ, हिमालयन ८०.२० को १२.१४ रुपैयाँ, एनएमबी ५० को १२.०७ रुपैयाँ, सिद्धार्थ इक्विटी फण्डको १२.०६ रुपैयाँ, सुभ लक्ष्मी कोषको १२.०३ रुपैयाँ, लक्ष्मी उन्नती कोषको १२.०२ रुपैयाँ, कुमारी सुनौलो लगानी योजनाको ११.९९ रुपैयाँ, एनआइसी एशिया ग्रोथ फण्डको ११.९७ रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको ११.९७ रुपैयाँ र सानिमा ग्रोथ फण्डको ११.८४ रुपैयाँ रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीको भ्यालु साढे ४० अर्ब रुपैयाँ  

म्युचुअल फण्डहरुले सेयरबजारमा मात्रै गरेको लगानीको भ्याुल ४० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो महिनाको तुलनामा भने २.८७ प्रतिशत कम हो ।  

असोजमा फण्डहरुको यस्तो भ्यालु मूल्य ४१ अर्ब ८५ करोड रुपैयाँ थियो । सेयरबजारमा म्युचुअल फण्डहरुको अर्बौ रकम लगानी रहेको हुन्छ । धितोपत्र बजार पुँजीकरण बढाउन म्युचुअल फण्डहरुको ठूलो योगदान रहेको हुन्छ ।  

फण्डहरुले ठूलै रकम लगानी घटबढ गरेमा बजारमा उतारचढाव नै आउने सम्भावना समेत रहन्छ । सामूहिक लगानी कोषबाट बजारमा ठूलो रकम लगानीको रुपमा थपिँदा वा भित्रिँदा पनि बजार बढ्न सक्ने सम्भावना रहन्छ ।  

तर पछिल्लो समय बजारको अस्थिरताले गर्दा सामुहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुले लगानी थप्न सकिरहेका छैनन् । भएको लगानीबाट समेत नाफा कमाउन नसकेपछि फण्डहरुले लगानी थपेर जोखिम मोल्न चाहेका छैनन् ।  

जम्मा १३ वटा फण्डको मात्रै लगानीको भ्यालु बढेको छ भने ३० वटा फण्डले गरेको लगानीको भ्यालु बढ्न सकेको छैन ।  

कात्तिक महिनामा सेयरबजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागीता फण्डको रहेको छ । फण्डको लगानीको भ्यालु मूल्य ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै, एनएमबी सरल बचत फण्ड इ को लगानी २ अर्ब ३४ करोड, सिद्धार्थ इक्विटी फण्डको १ अर्ब ४६ करोड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १ अर्ब ३५ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १ अर्ब २५ करोड, प्रभु सेलेक्ट फण्डको १ अर्ब २३ करोड, एनएमबी ५० को १ अर्ब २३ करोड, सनराइज ब्लुचिप फण्डको १ अर्ब २२ करोड, एनआइबीएल समृद्धि फण्ड–२ को १ अर्ब २१ करोड र नबिल ब्यालेन्स्ड फण्ड–३ को १ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।  

असोज महिनाको तुलनामा यस्तो भ्यालु रकम सर्वाधिक बढाउनेमा भने एनआइसी एशिया डायनामिक डेब्ट फण्ड रहेको छ । फण्डले १८२.६२ प्रतिशतले यस्तो रकम बढाएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.