काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनीले ३ करोड १३ लाख घाटा व्यहोरेको थियो ।
कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ९ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३४ लाख कमाएको थियो । यो अवधिमा कम्पनीको कर्मचारी खर्च २७ लाख ५१ हजार प्रशासनिक खर्च १३ लाख १८ हजार र ५ करोड २९ लाख रुपैयाँ वित्त खर्च रहेको छ ।
यस्तै कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ३० लाख र कुल चालु दायित्व ४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.२६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६६.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३२.३९ गुणा र तरलता अनुपात ०.९६ प्रतिशत कायम भएको छ ।