सोमबार, बैशाख २९,२०८२ 05:20:02
IME remit
  • सोमबार, बैशाख २९,२०८२ 05:20:02
IME remit
Global IME Bank Limited

गभर्नर बन्न सक्दैनन् डा. विश्व पौडेल, राष्ट्रबैंक ऐन बन्यो बाधक

कांग्रेसका नेताहरु भन्छन्-'एमालेकै भागमा पार्ने ओलीको नयाँ गेमप्लान'

Hyundai Nepal
गभर्नर बन्न सक्दैनन् डा. विश्व पौडेल, राष्ट्रबैंक ऐन बन्यो बाधक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको खेलमा कानूनी झमेलामा पर्ने बाटोतर्फ कांग्रेस नेतृत्वलाई अग्रसर गराउने नयाँ खेल सुरु भएको छ ।  

नेपाल राष्ट्रबैंक ऐन, २०५८ ले अयोग्य करार गर्ने व्यक्तिलाई  गभर्नर बनाउने भन्दै कांग्रेसलाई सिफारिस गर्न लगाएर एमालेकै उम्मेद्वारलाई बनाउने नयाँ खेल सुरु भएको हो ।  

सत्तारुढ गठबन्धनमध्येको प्रमुख दल नेपाली कांग्रेसको भागमा परेको भनिएको गभर्नरका लागि पछिल्लो समय कांग्रेसले अर्थशास्त्री डा. विश्व पौडेलको नाम सिफारिस गरेको चर्चा बाहिरिएको छ । राष्ट्रबैंककै कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको गभर्नर बन्ने सम्भावना नदेखिएपछि वैकल्पिक नामको रुपमा गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेलको नाम सिफारिस गरिएको विषय बाहिरिएको हो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आफैं गभर्नर सिफारिस समितिको सदस्य भइसकेका व्यक्ति डा. पौडेलले फेरि आफैंले गभर्नरमा लोभ गरे पनि त्यहाँसम्मको उनको यात्रा सहज भने देखिदैन ।  

डा. पौडेल युवा अर्थशास्त्री हुन् । त्योभन्दा बढी उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन् । क्रियाशील सदस्यता नै लिई नियमित नवीकरण गर्दै आएका उनी हाल पार्टीको महासमिति सदस्य समेत हुन् । उनी कांग्रेसकै सक्रिय कार्यकर्ता रहेका कारण र सभापति शेरबहादुर देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू राणा देउवासँग निकट रहेका कारण उनलाई यसअघि विभिन्न अवसरहरु प्राप्त भएका थिए । राष्ट्रिय योजना आयोगको सदस्यदेखि उपाध्यक्षसम्म भइसकेका उनले आफूले अवसर पाउँदा उल्लेखनीय काम भने गर्न सकेनन् ।  

उनी आफ्ना प्रतिस्पर्धीहरुलाई पन्छाउँदै संसदीय निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट टिकट पाएका थिए । त्यसबेला कांग्रेसमै सक्रिय डा. स्वर्णिम वाग्लेलाई रोक्दा विश्व पौडेलले टिकट पाए पनि उनले लज्जास्पद हार व्यहोर्नु परेको थियो ।  

चुनाव हारेपछि पनि डा. पौडेल कांग्रेसको राजनीतिमा निरन्तर क्रीयाशील छन् । दैनिकजसो नै पार्टी काममा सक्रिय प्रतिबद्ध कार्यकर्ताको रुपमा उनलाई पार्टीभित्र चिनिन्छ ।  

यसरी हेर्दा कांग्रेसका सक्रिय कार्यकर्ता, महासमिति सदस्य र चुनाव नै हारेका उम्मेद्वारलाई नेपाल राष्ट्रबैंकजस्तो स्वायत्त निकायको नेतृत्व जिम्मा लगाउने चर्चा गरिएपछि पार्टीका नेताहरुबाटै यसको विरोध भएको छ ।  

'यो त सोझै कार्यकर्तालाई राष्ट्रबैंक जिम्मा लगाउन खोजेजस्तो भयो । यस्तो भयो भने राष्ट्रबैंकको छवि अझ धूूमिल हुने निश्चित छ ।' कांग्रेसका एक नेताले बिजशालासँग भने-'डा. पौडेल गभर्नरका लागि उपयुक्त पात्र होइनन् । सत्ता र शक्ति छ भन्दैमा जे पायो त्यही गर्नुभएन । राष्ट्रबैंकको स्वायत्तता र व्यवसायिकतालाई नामेट पार्ने यो खेल तत्काल बन्द होस् ।'  

नेपाल राष्ट्रबैंक ऐन २०५८ को दफा २१ मा भएको व्यवस्थाले डा. पौडेललाई गभर्नर बन्न रोक्ने समेत देखिन्छ । सो दफामा राष्ट्रबैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालक बन्न अयोग्य हुनसक्ने बुँदाहरुको पहिलो नम्बरमै अर्थात दफा २१ को उपदफा (क)मा भनिएको छः 'राजनीतिक दलको सदस्य वा पदाधिकारी ।' यसको अर्थ हो, कुनै पनि राजनीतिक दलका सदस्य वा पदाधिकारीमा रहेको व्यक्ति राष्टबैंकको गभर्नर, डेपुटी गभर्नर  र सञ्चालक बन्नु गैरकानूनी हुनेछ । 

 कांग्रेसले पनि यो ऐनको दफा २१ मा भएको व्यवस्थाको ख्यालै नगरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संकेतका आधारमा डा. पौडेलको नाम अगाडि सारेको हुनसक्ने नेताहरु बताउँछन् । 

Muktinath Bikas Bank Limited

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी एमालेको एउटा केन्द्रीय विभागको सदस्यमा छद्मभेषी नाममा बस्दा मात्रै पनि बबण्डर भएको थियो । एम. अधिकारीको नाममा उनी विभागको सदस्य बस्दा चौतर्फी विरोध भएको थियो । त्यसबेला एम. अधिकारी भन्ने व्यक्ति महाप्रसाद नै हुन् भन्ने विषय कतैबाट पुष्टि हुन सकेको भए उनको गभर्नर पद नै जान्थ्यो । विगतमा दलको कार्यकर्ताको नाममा भएको बबण्डरलाई भूलेर कांग्रेसले आफ्नो दलको महासमिति सदस्य वा क्रियाशील सदस्य समेत रहेका व्यक्तिलाई गभर्नरको रुपमा अगाडि बढाउने भन्ने विषय कसरी बाहिर आयो भन्ने सवालमा नेताहरु नै रणभूल्लमा छन् ।

यस्तै, गभर्नर बन्नका लागि उच्च तहको निकै लामो अनुभव समेत हुनुपर्ने अनिवार्यता हुन्छ । डा. पौडेलसँग उति लामो कार्यानुभव नै छैन । अन्तराष्ट्रिय क्षेत्रमा काम गरे पनि उनमा कार्यकारी पदमा काम गरेको लामो अनुभव पनि छैन । नेपाल राष्ट्रबैंक ऐनको दफा २० मा नेपाल राष्टबैंकको गभर्नर वा सञ्चालक बन्न देहायबमोजिमको योग्यता तोकिएको छः  

'यस्तो अव्यवसायिक काम नेतृत्वले गर्नुहुँदैन ।' नेताहरु भन्छन्- 'विश्व जी, कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ । उहाँले पनि राजनीति गर्ने हो, राष्ट्रबैंकजस्तो स्वायत्त र व्यवसायिक निकायमा जान लोभ गर्ने होइन ।'  

ओलीको अर्को 'गेमप्लान' !

कतिपय कांग्रेसकै नेताहरु भने राष्ट्रबैंक ऐनले रोकेपछि आफू गभर्नर बन्न नसक्ने बुझाईसहित सिफारिस समितिको सदस्य बसेका डा. पौडेलको नाम पार्टी सभापति शेरबहादुर देउवालाई केपी ओलीबाट संकेत भएको दाबी गरिरहेका छन् ।  

'देउवालाई ‘गभर्नर तपाईहरुकै भागमा हो, विश्व जीलाई अगाडि बढाउँदा मेरो आपत्ति हुँदैन’ भनेर ओलीले नै संकेत गरेका विषय हामीले सुनेका छौं ।' कांग्रेसका ती नेताले भने-'घटनाक्रमलाई हेर्दा ओलीले घुमाईफिराई गभर्नर आफ्नै भागमा पार्न विश्व पौडेलको नामतर्फ देउवालाई कन्भिन्स गराएका हुनसक्छन् । गभर्नर नियुक्तिमा अर्को खेल हुँदैछ भन्ने कुरा प्रष्ट भइसक्यो ।'  

राष्ट्रबैंक ऐनले अयोग्य भनी करार गरेका योग्यताका व्यक्तिलाई गभर्नरको रुपमा कांग्रेसले अगाडि सारेको खण्डमा त्यसलाई कानूनी कठघरामा पुर्याउने र नाम सिफारिस भइसकेको अवस्थामा खुसुक्क आफ्नो दलले बोकेको व्यक्तिलाई गभर्नर बनाउने ओलीको नयाँ गेमप्लान हुनसक्ने भन्दै कांग्रेसका नेताहरुले नेतृत्वलाई सचेत गराएका छन् ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.