काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशको रुपमा घोषणा गर्ने बोनस सेयरमा लाग्ने करबापतको रकम व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०८२, लाई दशौं पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि भने कम्पनीहरुलाई बोनस सेयरमा लाग्ने करबापतको रकम छुट्याउनु पर्ने बाध्यात्मक व्यवस्था थिएन । तर अब भने कम्पनीहरुले सेयरधनीहरुलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित कम्पनीले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्नेछ ।

