रु. १७ करोड सम्पत्तिको स्रोत पारदर्शी नभएको र सेयर बजारमा हस्तक्षेप गरेको भन्दै गभर्नरविरुद्ध अख्तियारमा उजुरी
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आरोप लगाउँदै एक उजुरी दायर भएको छ। उक्त उजुरीमा गभर्नर पौडेलले आफ्नो पदको दुरुपयोग गरी विभिन्न अनियमितता गरेको दाबी गरिएको छ।