मंगलवार, असार १०,२०८२ 07:17:28
  • मंगलवार, असार १०,२०८२ 07:17:28
Global IME Bank Limited

डा. विश्व पौडेलको हातमा राष्ट्र बैंकको बागडोर, को हुन् उनी ? (प्रोफाइलसहित)

Hyundai Nepal
डा. विश्व पौडेलको हातमा राष्ट्र बैंकको बागडोर, को हुन् उनी ? (प्रोफाइलसहित)
Nabil Bank Limited

काठमाण्डौ । कयौ साता लामो चलखेल, तानातान र छलछामपछि अन्ततः नेपाल राष्ट्र बैंकले १८ औं गभर्नर पाएको छ ।  

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थविद डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्तिको निर्णय गरेको हो ।  

एक मन्त्रीकाअनुसार गभर्नरमा पौडेलको नाममा सर्वसम्मति निर्णय भएको छ ।  

गभर्नर नियुक्तिको निर्णयअघि सिफारिस समितिले डा. पौडेलसहित डा. निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका डा. पौडेललाई गभर्नर बनाइएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो समय डा. पौडेललाई गभर्नर बनाउन प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांगे्रेस सभापति शेरबहादुर देउवाबीच उच्चस्तरको राजनीतिक सहमति बनेको थियो । डा. पौडेल नै गभर्नर बन्ने निश्चित भइसके पनि आवश्यक प्रक्रिया पूरा गर्नका लागि मात्र आजको मन्त्रिपरिषद बसेर निर्णय गरिएको हो ।

नजिकबाट विश्व पौडेल

शैक्षिक पृष्ठभूमि: डा. विश्व पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्क्ले) बाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि (Ph.D.) प्राप्त गरेका छन्।

व्यावसायिक अनुभव:

-काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM) मा भिजिटिङ एसोसिएट प्रोफेसर।

-अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा आर्थिक सल्लाहकार।

-सानिमा बैंक लिमिटेडका पूर्व निर्देशक।

-मिलेनियम च्यालेन्ज नेपाल (MCA-Nepal) मा अर्थशास्त्री।

-विश्व बैंकमा परामर्शदाता (२०१२–२०१५)।

सरकारी भूमिका:

-२०७८ साउन १२ गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।

-गभर्नर सिफारिस समिति: २०८१ फागुन २६ गते गठित गभर्नर सिफारिस समितिमा अर्थविद् सदस्यको रूपमा नियुक्त । गभर्नर बन्ने भएपछि राजीनामा र आज गभर्नरमा नियुक्ति

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.