बुधबार, श्रावण ६,२०८३ 06:07:50
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:50
Bizshala
Global IME Bank Limited

गभर्नर पौडेलद्वारा ग्रे लिस्टमा पर्नुलाई चुनौतीसँगै सुधारको अवसरका रूपमा लिन आग्रह

गभर्नर पौडेलद्वारा ग्रे लिस्टमा पर्नुलाई चुनौतीसँगै सुधारको अवसरका रूपमा लिन आग्रह
New Office

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’ मा पर्नुलाई केवल चुनौतीका रूपमा नभई वित्तीय सुशासन सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर पौडेलले ग्रे लिस्टमा समावेश हुनु मुलुकको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पुनर्संरचना गर्ने चेतावनी र अवसर दुवै भएको उल्लेख गरे । उनका अनुसार यस अवस्थाले आन्तरिक नियामक संयन्त्र, कानुनी संरचना र कार्यान्वयन क्षमतामा देखिएका कमजोरी सुधार्न स्पष्ट मार्गनिर्देशन दिएको छ।

गभर्नर पौडेलले वित्तीय अपराधको स्वरूप प्रविधिसँगै जटिल बन्दै गएको भन्दै नियामक निकायले पनि सोहीअनुसार आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। ‘समस्या देखिएपछि मात्र प्रतिक्रिया जनाउने होइन, सम्भावित जोखिमको पूर्वानुमान गर्दै तयारी अवस्थामा रहनु आजको आवश्यकता हो, उनले भने।

उनले कानुनी छिद्रको दुरुपयोग गर्दै गरिने वित्तीय अपचलनले अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने चेतावनी दिँदै प्रभावकारी अनुगमन र पारदर्शितामार्फत त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने धारणा राखे। यस्ता अवैध गतिविधिले राज्यको स्रोत व्यवस्थापनमा दबाब सिर्जना गर्नुका साथै सामाजिक असमानता बढाउने खतरा पनि रहने उनको भनाइ थियो।

बिहीबारसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र मङ्गोलियाका केन्द्रीय बैंकका प्रतिनिधिहरू सहभागी छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.