शनिबार, जेष्ठ २,२०८३ 07:03:00
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:03:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन,२०८२ को प्रारम्भिक मस्यौदा तयार, कस्ता कम्पनी कारोबारका लागि योग्य ?

Laxmi Sunrise Bank Limited
मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन,२०८२ को प्रारम्भिक मस्यौदा तयार, कस्ता कम्पनी कारोबारका लागि योग्य ?
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) तयार पारेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलव्ध गराउने उद्देश्यले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको हो ।

जसअन्तर्गत मार्जिन कारोवार सुविधाको प्रयोजनका लागि देहायका सूचिकृत संगठित संस्थाको शेयर मात्र योग्य हुनेछन् ।

(क) कम्तिमा ५० लाख कित्ता सर्वसाधारण शेयर सूचिकरण भएको,

(ख) नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको,

(ग) पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको,

(घ) प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष

पूरा भएको,

(ङ) धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु

 

 

Bizshala
New Office
CG Motors

बोर्डले मस्यौदा गरेको संलग्न बमोजिमको “मार्जिक कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२” (प्रारम्भिक मस्यौदा) मासथ कुनै राय सुझाव भए सात दिन भित्र बोर्डको इमेलठेगानामा उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यताः

मार्जिन कारोवार सुविधा प्रदान गर्न चाहाने बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले देहाय बमोजिमको योग्यता पूरा गरेको हुनुपर्नेछ ।

(क) चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको,

(ख) राफसाफ सदस्यता प्राप्त गरेको,

(ग) निक्षेप सदस्यता प्राप्त गरेको,

(घ) धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु ।

Garima Development Bank
Shivam Cement
IME remit

५. धितोपत्र बजारको सहमति लिनुपर्नेः

(१) धितोपत्र दलाल व्यवासायीले मार्जिन कारोवार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित आफ् नो वित्तीय विवरण सहित धितोपत्र बजारमा सहमतिको लागि

निवेदन पेश गर्नु पर्नेछ ।

(२) धितोपत्र बजारले उपदफा (१) बमोजिम प्राप्त भएको निवेदनका सम्बन्धमा आवश्यक अध्ययन

गरी सहमति प्रदान गर्नेछ र सोको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ ।

(३) यस निर्देशन लागू हुनुपूर्व धितोपत्र बजारबाट मार्जिन कारोवार सुविधा प्रदान गर्न सहमति

लिएका धितोपत्र दलाल व्यवसायीले पुनः सहमति लिइराख्नु पर्नेछैन ।

तर, यस निर्देशन बमोजिम योग्यता पुगेको कागजात धितोपत्र बजारमा पेश गर्नुपर्नेछ

मार्जिन कारोवार सुविधा प्रदान गर्न सकिने अधिकतम सीमाः

(१) धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छ ।

(२) धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो

नेटवर्थको बढिमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छैन ।

(३) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्दा लगानी विविधिकरणलाई समेत

ध्यान दिनुपर्ने

मार्जिन कारोवारको राफसाफ सम्बन्धी व्यवस्थाः (१) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार

सुविधा अन्तर्गत खरिद भएको शेयर दैनिक रुपमा कारोवार गर्दा वा कारोवार पश्चात् वा राफसाफको

समयमा पहिचान गरी राख्नुपर्नेछ ।

(२) मार्जिन कारोवार सुविधा प्राप्त गर्ने लगानीकर्ताले धितोपत्र दलाल व्यसायी मार्फत छुट्टै

मार्जिन कारोवार खाता (ःबचनष्ल त्चबमष्लन ब्अअयगलत) र मार्जिन कारोवार हितग्राही खाता (ःबचनष्ल

त्चबमष्लन म्झबत ब्अअयगलत) खोल्नुपर्नेछ ।

(३) धितोपत्र दलाल व्यवसायी (राफसाफ सदस्य) ले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप

कम्पनीमा मार्जिन कारोवार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.