काठमाण्डौ । विश्वबजारमा कच्चा तेलको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आज डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्यमा गिरावट आएको छ ।
डब्लुटीआई क्रुडको मूल्य ०.४८ प्रतिशत अर्थात ०.४८ प्रतिशतले घटेर प्रतिब्यारेल ५७.७८ रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.४६ प्रतिशतले घटेर प्रतिब्यारेल ६२.२७ डलरमा कारोबार भईरहेको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्नसक्ने र रुस र युक्रेनबीच शान्ति सम्झौता हुनसक्ने सम्भावनाका बीच कच्चा तेलको मूल्य घटेको हो । अमेरिका र युक्रेनबीच थाति रहेको शान्ति सम्झौता योजनामा आगामी बिहिबारदेखि छलफल हुने तय भएको छ । उक्त छलफल सकारात्मक दिशामा अग्रसर भए रुसी तेल कम्पनीहरुमाथि लाग्दै आएको प्रतिबन्ध खुकुलो हुनेछ ।

