मंगलवार, असार १०,२०८२ 07:14:20
  • मंगलवार, असार १०,२०८२ 07:14:20
Global IME Bank Limited

आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार

Hyundai Nepal
आम्दानी बढेसँगै युनाइटेड इदि मर्दिका नाफामा १०८% को सुधार
Nabil Bank Limited

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफा समेत वृद्धि भएको छ ।  कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो ।  

आम्दानीमा आएको बढोत्तरीसँगै कम्पनीको नाफा १०८.४९ प्रतिशतले बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल सञ्चालन खर्च भने २०.५५ प्रतिशतले बढ्दै २ करोड ४८ लाख पुगेको छ । यो अवधिसम्म कम्पनीको वित्त खर्च ७ करोड २५ लाखबाट घटेर ५ करोड ३४ लाखमा सीमित बनेको छ ।  

कम्पनीको चुक्तापूँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ६  करोड ५८ लाख रहेको छ । कम्पनीले दीर्घकालिन कर्जा घटाएको छ । अघिल्लो आवमा ९० करोड ७४ लाख रहेको दीर्घकालिन खर्च ८४ करोड ३३ लाखमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी(ईपीएस) १४.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.८६ र मूल्य आम्दानी अनुपात ४१.९६ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.