काठमाण्डौ । आम्दानी बढेसँगै न्यादी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ७१.६२ प्रतिशतले घाटा कम गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको घाटा ४ करोड २९ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा १५ करोड ११ लाख थियो ।
यस्तै अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ५ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले १ लाख ७५ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च २० करोड ४२ लाख रुपैयाँ र प्रशासनिक खर्च २ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको वित्त खर्च ३६ करोड १२ लाखबाट घटेर ३२ करोड १२ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड ३१ लाख र कुल चालु दायित्व ३४ करोड १२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.८६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७१.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९९.५४ गुणा र तरलता अनुपात १.०१ प्रतिशत कायम भएको छ ।