काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले कुल ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधीनहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।