काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ९ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सेयरप्रो सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार भएको ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज एकैदिन १ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.१७ प्रतिशत सेयर खरिद भएको छ भने ४८.८३ प्रतिशत सेयर बिक्री भएको छ ।
