सोमबार, असार ९,२०८२ 12:46:56
  • सोमबार, असार ९,२०८२ 12:46:56
Global IME Bank Limited

धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’ वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?

Hyundai Nepal
धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’  वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पनि परिकल्पना गरेको मार्जिन ट्रेडिङ वर्षौदेखि अलपत्र परेको छ । गत वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्रोकरहरु मार्फत पनि सेयर कर्जा प्रभाव गर्ने विधि अर्थात मार्जिन ट्रेडिङको परिकल्पना गरेको थियो ।  

तर यो विषय अझैसम्म अलपत्र परेको छ । हाल लगानीकर्ताहरुले बैंक तथा वित्तीय क्षेत्रबाट मात्रै सेयर कर्जा लिने गरेका छन् । यसरी बैंक तथा वित्तिय क्षेत्रहरुले मात्रै सेयर कर्जा दिने प्रचलन भएकाले लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको ब्यग्र प्रतिक्षा गर्ने गर्छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले ४/१२ को नीति लिए पछि सेयर बजार निकै प्रभावित भएको थियो । यस विषयमा नेपाल राष्ट्र बैंकको निकै आलोचना सूरु भए पछि राष्ट्र बैंकले पनि सेयर धितो कर्जा अर्थात मार्जिन ट्रेडिङ ब्रोकहरुबाट नै गरिनु पर्ने बताउँदै आएको छ ।  

नप्सेका प्रवक्ता मुराहरी पराजुलीले २०७६ सालमा केही ब्रोकरहरुले सूरु गरेता पनि पछिल्लोपटक धितोपत्र बोर्डले केही नीतिमा परिमार्जन गर्ने भन्दै अध्ययन समिति बनाएता पनि त्यो विषय हाल रोकिएको बताए । त्यसपछि धितोपत्र बोर्डमा यस विषयमा के हुँदैछ भन्ने नेप्सेलाई कुनै जानकारी नभएको पवबक्ता पराजुलीले जानकारी दिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

हाल नेप्सेमा २० कारोडको पूँजी भएका , ६० करोड र १ अर्ब ५० करोड पूँजी भएका गरेर तीन तहका ब्रोकरहरु रहेका छन् । जसमा डिलर ब्रोकरहरुमा नगारिक स्टक डिलर र नबिल स्टक डिलर १ अर्ब ५० करोड पूँजी भएका २ वटा थोक ब्रोकर रहेका छन् । त्यसैगरि, पूर्ण कार्य गर्ने ३ वटा ब्रोकरहरु रहेका छन् ।  

६० करोड पूँजी भएका ब्रोकरहरुमा सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) , हिमालयन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ९६) , एनआईएमबी स्कट मार्केट्स (स्टक ब्रोकर नम्बर ७५ )पूर्ण कार्य गर्ने ब्रोकर रहेका छन् । जसमा सीमित कार्य गर्ने ब्रोकरलाई नभएता पनि पूर्ण कार्य गर्ने र स्टक डिलरको लागि ऐनमा नै भएको ब्यबस्था भए अनुसार ब्रोकरहरुले मार्जिन ट्रेडिङको निर्देशन आउनु पर्ने केही ब्रोकरहरुले माग गरेका छन् ।  

ती ब्रोकरहरुले अन्तर्राष्ट्रिय अभ्यास अनुसार ब्रोकर मार्फत नै मार्जिन कारोबार गर्नु पाउनु माग राख्दै आएका छन् । यसका लागि धितोपत्र बोर्डले हाल स्रोतको अभाव नभएका र स्टक डिलर र पूर्ण कार्य गर्ने ब्रोकरहरुलाई मार्जिन ट्रेडिङ कारोबारको लागि लाइसेन्स पाउनु पर्ने माग पनि गरेका छन् । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले यस विषयमा अध्ययन भईरहेको भएता पनि हालसम्म कनै निर्णय भने भई नहालेको जानकारी दिए ।  

ब्रोकरमार्फत पाइने मार्जिन कारोबार भनेको लगानीकर्ताबाट कम्तीमा ३० प्रतिशत नगद लिएर निश्चित समयावधिका लागि निश्चित रकम, निश्चित ब्याजदरमा उपलब्ध गराइन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.