काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । संस्थाको अंकित मूल्य १०० रुपैयाँ दरको ५१ हजार २९२ कित्ता सेयर आज सूचीकृत भएको हो ।
सोपश्चात् संस्थाको नेप्सेमा सूचीकृत सेयर संख्या ८ लाख ४३ हजार ४०६ पुगेको छ । उक्त थप सूचीकृत सेयर लगानीकर्ताले आइतबारदेखि नै कारोबार गर्न सक्नेछन् ।
संस्थाको अन्तिम कारोबार मूल्य २ हजार ४७५ रुपैयाँ रहेको छ ।