काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडको अध्यक्षमा माधव राज आचार्य चयन भएका छन् । उनलाई नवनिर्वाचित सञ्चालकहरुमध्येबाट अध्यक्ष चयन गरिएको हो ।
कम्पनीको वार्षिक साधारण सभा जेठ २७ गते सम्पन्न भएको छ। उक्त सभाबाट संस्थापक समूह ‘क’ तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, टंक प्रसाद सुवेदी, राजेश्वर दुवाल र सन्तोष श्रेष्ठ तथा सर्वसाधारण समूह ‘ख’ तर्फबाट जेलिना श्रेष्ठ निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका छन् ।
सोही दिन बेलुका बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार निर्वाचित सञ्चालकहरू मध्येबाट माधव राज आचार्यलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको हो।

