काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र अमेरिकाको सम्भावित कडा नीतिगत कदमका कारण ब्याजदर वृद्धि हुने आशंका बलियो बनेपछि लगानीकर्ताको ध्यान सुनबाट मोडिएको हो।
आज सुनको मूल्य ०.६७ प्रतिशत अर्थात २६ डलरले घट्दै प्रतिऔंस ४ हजार ८४ डलर कायम भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा ढिलाइ भएमा कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएपछि लगानीकर्ताको जोखिम धारणा अझ बढेको छ।
त्यसैबीच, इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अखडाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेपछि क्षेत्रीय तनाव झनै चुलिएको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १.३६ प्रतिशतले घट्दै प्रतिऔंस ६३.७२ डलर कायम भएको छ ।

