काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले २७ प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते अनुमति पाईसकेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्नेछ ।