काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने टप १० ब्रोकरमा पाँच वटाबाट उच्च खरिद माग भएको छ, भने पाँचवटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटि स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज प्राइभेट कम्पनी र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा इम्पेरियल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज एकैदिन एक अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.८५ प्रतिशत सेयर खरिद भएको छ भने ५०.१५ प्रतिशत सेयर बिक्री भएको छ ।
